मकवानपुरको मनहरीमा सवारी साधनको ठक्करबाट स्कुटरमा सवार तीनको मृत्यु

0
255

मनहरी, २९ पुस/मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का २९ वर्षका रुपेश तामाङ छन् ।

“सवारी साधनको ठक्करबाट तीनजना बाटोमा घाइते अवस्थामा रहको भन्ने खबरका आधारमा हामी घटनास्थल पुग्यौं,” जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले हेटौंडा टाईम्ससँग भने, “के ले ठक्कर दियो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । हामी अनुसन्धानमा छौँ ।”

दुर्घटनाको अवस्था हेर्दा सवारीले ठक्कर दिएको जस्तो देखिएको र कुन सवारीले ठक्कर दिएको हो भन्ने अनुसन्धान भइरहेको र मृतकको शव मेडिकल कलेजमै रहेको प्रवक्ता कार्कीले बताएका छन्। दुर्घटना लगत्तै ठक्कर दिने सवारीको खोजी गर्नुपर्ने भन्दै स्थानीयले करिब २ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए।

घटना बिहीबार राति करिब १० बजेतिर भएको अनुमान गरिएको उनले जानकारी दिए । ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिएको कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here