बागमती प्रदेशमा सभामुख पदको निर्वाचन सुरु, पहिलो चरणमा सिर्जना सायजुको पक्ष र विपक्षमा मतदान सुरु

0
286

हेटौंडा, २९ पुस/बागमती प्रदेशमा सभामुख पदको निर्वाचन सुरु भएको छ ।

पहिलो चरणमा नेमकिपाबाट सभामुखकी उम्मेद्वार सिर्जना सायजुको पक्ष र विपक्षमा मतदान सुरु भएको हो । सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो ।

सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सायजुले मनोनयन दर्ता गरेका थिए ।

बागमती प्रदेशसभाको सभामुखका सत्ता गठबन्धनका ५ वटा दलको समर्थनमा राप्रपाका पाठक उम्मेदवार बनेका हुन् । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।


सत्ता गठबन्धनका ५ वटै दलले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर पाठकको पक्षमा मत दिन ह्विप जारी गरेका छन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा पाठकको लागि राप्रपाका १३ जना सांसद छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ ।

त्यस्तै अधिकारीको पक्षमा नेपाली कांग्रेसको ३७ र सायजुको पक्षमा नेमकिपाको ३ मत देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here