हेटौंडा, २८ पुस/मकवानपुरको बागमती गाउँपालिका-७ लामिटारस्थित धरान चतरा सडकखण्डमा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिदा पैदलयात्री गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ फापरबारीबाट झुरझुरेतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००३ प ७२०७ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही स्थान बस्ने अन्दाजी ४६/४७ बर्षीय सिन्ताङ साईलालाई ठक्कर दिएको थियो।
ठक्करबाट सिन्ताङ गम्भीर घाइते भएको र शरिरको बिभिन्न भागमा चोट रहेकोले उपचारका लागि हेटौडा-११ स्थित चुरेहिल अस्पताल ल्याइएको जनाइएको छ। ठक्करदिने मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ।