म्यानचेस्टर युनाइटेड र न्युकासलको लिगकप सेमिफाइनलमा

0
330

एजेन्सी, २७ पुस/मार्कस रसफोर्डले सब्स्टिच्युट खेलाडीका रूपमा दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले मंगलबार चार्ल्टनलाई ३–० ले पराजित गर्दै लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । न्युकासलले पनि सेमिफाइनल प्रवेशका लागि लेस्टर सिटीलाई २–० ले हरायो ।

व्यवस्थापक एरिक टेन हागले यस खेलका लागि युवा टिम उतारेको थियो । शनिबार ओल्ड ट्रायफोर्डमा हुने डर्बी खेलमा म्यानचेस्टर सिटीको सामना गर्ने हुँदा टेन हागले धेरै जोखिम उठाउन चाहेनन् ।

म्यानचेस्टरले एन्टोनीको गोलले अग्रता लिएयता रसफोर्डले दुई गोल थपे । न्युकासल भने सन् १९७६ यता पहिलो पटक लिगकपको सेमिफाइनल पुगेको हो र एडी होको टिम ५४ वर्षयता पहिलो उपाधिको पर्खाइमा छ ।

उसका लागि लेस्टरविरुद्ध डन बर्न र जेलिनटनले गोल गरे । प्रतियोगिताका अन्य क्वाटरफाइनलमा बुधबार पेप ग्वार्डिओलाको सिटीले साउथह्याम्पटन र नटिङघम फरेस्टले उल्भ्सको सामना गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here