नेपाल टी–२० लिगको उपाधी लुम्बिनी अलस्टार्सलाई

0
349

काठमाडौं, २७ पुस/नेपाल टी–२० लिग प्रतियाेगितामा १२ खेलमा २ हार ब्यहाेरेकाे लुम्बिनी अलस्टार्स च्याम्पियन बनेको छ । लिगमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेकाे लुम्बिनीले पहिलाे क्वालिफायरमा जनकपुर राेयल्सलाई पराजित गरी फाइनलमा पुगेकाे हाे ।

उपविजेता बनेकाे विराटनगरले भने इलिमिनेटरमा काठमाडाैं नाइट्सलाई हराएर दाेस्राे क्वालिफायरमा जनकपुरलाई पराजित गरी फाइनलमा पुगेकाे हाे ।

उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएकाे छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएकाे छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ ।

लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here