झापा, २७ पुस/झापाको अर्जुनधारा नगरपालिकामा घरायसी विवादमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हत्या हुनेमा ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङ रहेकी छिन् ।
भोजपुरको अरुण गाउँपालिका-१ स्थायी घर भई अर्जुनधारा बस्ने विश्वराज घिसिङले मंगलबार राति घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् ।
उनले प्रमिलाको पेट र छातीमा लात्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ । विश्वराजलाई राति नै नियन्त्रणमा लिएको छ ।