काठमाडौं, २६ पुस/प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् ।
आज बिहान ११ बजे सुरु हुने बैठकमा दाहालले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने भएका हुन् ।
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले १५ दिनमै विश्वासको मत लिन लागेका छन् ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । विश्वासको मतका लागि १३८ मत चाहिन्छ ।