जमरकट्टेलले गरे पदभार ग्रहण

0
259

हेटौंडा, २६ पुस/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रदेश कार्यलय पुगेर जम्कट्टेलले पदभार ग्रहण गरेका हुन् ।
उनले पदभार ग्रहणसङ्गै दुईवटा निर्णयहरुमा हस्ताक्षर गरेका छन्। उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको संख्या घटाउने र पुस मसान्तभित्र संघीय सरकारसमक्ष विशेष र समपूरकतर्फको अनुदानका योजनाहरु तयार पारी पठाउने निर्णय गरेका हुन्।


मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको संख्या घटाउन प्रदेशका मुख्यसचिव मुकुन्दप्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेका छन्। उक्त समितिलाई आगामी १५ दिनभित्रमा प्रतिवेदन तयार पारी पेश गर्न निर्देशनसमेत दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here