एकीकृत समाजवादी प्रवेश गर्दै भुसाल

काठमाडौं, २६ पुस/नेकपा (एमालेे) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
स्रोतहरूले बिहीबार उनी औपचारिकरुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताएका छन् ।
‘१/२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ‚’ भूसालनिकट स्रोतले भन्यो, ‘अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ ।’

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफल गर्दै आएका थिए ।

‘अनौपचारिक छलफलमा नेकपा (एकीकृत समाजवादी) का सबैजसो नेता/कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ‚’ भूसालले प्रवेशका लागि तयार पारेको‚ ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ मा उल्लेख गरिएको छ ।
(कान्तिपुरबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here