शालिकराम जम्कट्टेल बागमती प्रदेशको मूख्यमन्त्रीमा नियुक्त

0
196

हेटौंडा, २५ पुस/नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मूख्यमन्त्रीमा नियुक्त भएका छन् ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 


जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ७० प्रदेश सांसदको समर्थनसहित मूख्यमन्त्री नियुक्त गर्न दावी पेश गरे लगतै शर्माले उनलाई मूख्यमन्त्रीमा नियुक्त गरेका छन् । ११० सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसद आवश्यक पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here