प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथग्रहण

0
243

मोरङ, २५ पुस/प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथग्रहण गराएका हुन् ।

झापा ५(१) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित कार्की एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री कार्कीसँगै एमालेका तीलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले पनि मन्त्री पदको शपथ लिएका छन् । उनीहरू अहिलेलाई बिनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here