सुशासनका लागी पारदर्शीता अपरिहार्यः जिसस प्रमुख घलान

0
271

हेटौडाः मंसिर २७ गते । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले सुशाशनको पालना गर्न आग्रह गर्नुभएको छ ।सुशासन जुन सुकै स्थानमा पनि चाहिने भएकोले बिधिमा चल्नुपर्ने बताउनुभयो । जसका लागि पारदर्शिता आवश्यक पर्ने बताउनुभयो ।

मकवानपुर महिला समुहले आयोजना गरेको सुशासन पारदर्शिता र जवाफदेहिताका लागी सामाजिक लेखा जोखा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

No description available.

आगामि दिनमा पनि मकवानपुर महिला समुहको यो सहयोगको खाचो रहेकोले फेरि पनि यस्ता खाले मकवानपुर महिला समुहको रोल यो समाजले खोजेको बताउनुभयो ।

साथै कार्यक्रममा बोल्दै उहाँले सुशासन र पारदर्शिता र जवाफदेहिताको लागि जिल्ला समन्वय समितिले गर्नुपर्ने भुमिका सम्बन्धी सदैव तयार रहेको बताउनुभयो ।

संस्थाको नामलाई जिबन्त बनाईरहन अब समुहलाई सक्रिय बनाएर अगाडि बढाउनु समेत आग्रह गर्नुभयो । साथै कार्यक्रममा गैह्र सरकारी संस्था महासङ्घ उपाध्यक्ष रमिला सापकोटाले मकवानपुर महिला संघले गरेको काममा डुप्लिकेशन नपाएको बताउनुभयो ।

महिला र पुरुष दुबैलाई जागरुक बनाएर संगसंगै अगाडि बढाउने अभियानलाई सम्मान गर्न लायक रहेको उहाँले बताउनुभयो । यस कार्यप्रति सिङ्गो गैसस टिम नै कार्यक्रमबाट हर्षित भएको बताउनुभयो ।

कार्यक्रममा ५ जना महिला र ५ जना पुरुष गरी १० जनालाई समुहमा आवद्ध भई कुशल कार्य गरेबापत संस्थाले मायाँको चिनो समेत प्रदा गरेको थियो ।

कार्यक्रमको सहजिकरण परियोजना संयोजक निशा लामाले गर्नु भएको थियो । कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष कमला घिमिरे रहनुभएको थियो भने जिससका प्रमुख ललित घलानका प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here