राक्सिराङमा ४५ जना युवा एमाले परित्याग गरी नेकपा (एस) मा प्रवेश

0
361

राक्सिराङ–कात्तिक १७ गते । बिहिबार राक्सिराङमा नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ३ झिल्केनी चमेरा गुफामा भएको बैठकमा नेकपा एमालेका विभिन्न कमिटीमा आवद्ध ४५ जना युवाहरु समाजवादीमा प्रवेश गरेको नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँ कमिटीका सचिव ओम आले मगरले बताउनुभयो ।

संविधान सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्य राजाराम स्याङ्तानले खादा तथा अबिर लगाएर स्वागत गर्नुभएको थियो ।

साथै बैठकले राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मा पार्टीको वडा कमिटी समेत गठन गरेको छ । हस्त बहादुर रुम्बाको अध्यक्षतामा गठन गरेको हो भने सानु मुक्तानको अध्यक्षतामा वडा स्तरीय युव संघ समेत गठन गरेको छ ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य स्याङ्तान, मनहरी गाउँ कमिटीका सचिव ओम आले मगर, पार्टीका मकवानपुर सचिव साधुराम अधिकारी, मनहरी गाउँ कमिटी युवा संघका सचिव उमेश अधिकारी, मनहरी गाउँ कमिटी सचिवालय सदस्य नविन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here