मनहरी ८ का करिस्मा गिरिले प्राप्त गरिन १८० लिटरको फ्रिज

0
350

मनहरी–कात्तिक ०७ गते । मनहरी बहुमुखी क्याम्पसका बिद्यार्थीहरुद्वारा आयोजित अध्ययन भ्रमण सहयोगार्थ चिट्ठा कार्यक्रम २०७९ को नतिजा सार्वजनिक गरिएको छ ।

No description available.

प्रथम पुरस्कार स्वरुप १८० लिटरको फ्रिज मनहरी ८ का ६११ चिट्ठा नम्बरका करिस्मा गिरिले प्राप्त गर्नुभयो । त्यस्तै दोस्रो पुरस्कारमा ३२ ईन्चको एलइडि टिभि चिठ्ठा नम्बर ६७८ को कैलाश ५ का राजमान लामाले प्राप्त गर्नुभयो ।

त्यस्तै तेस्रो पुरस्कारमा मनहरी ७ का निरु लामाले स्मार्ट फोन प्राप्त गर्नुभयो सान्तवना पुरस्कारकारमा मनहरी ६ नया बस्तिका सुजिता थिङ, रन्जित मुक्तान मनहरी ९, मनहरी ८ का सन्जुना रुम्बा, मनहरी ७ का मिना लामा, सन्देश प्रजाले भित्ते घडि प्राप्त गरे ।

No description available.

साथै शैक्षिक भ्रमण सहयोगार्थ चिट्ठा कार्यक्रम गरेका क्याम्पसका बिद्यार्थीले चिट्ठा कार्यक्रमबाट जोगिएको २ लाख २५ हजार र बिद्यार्थी बाट नपुग पैसा संकलन गरेर खर्चको ब्यबस्थापन गरिने बिद्यार्थी सीता सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रम अस्मिता अग्रवाल को सभाध्यक्षतामा भएको हो । साथै कार्यक्रममा क्याम्पस ब्यबस्थापन समिति सदस्य हेमलाल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गरि सोही क्याम्पसका प्राध्यापक मनोज मुक्तान , संचारकर्मी तथा पत्रकार उमेश राईको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप्रेतिले क्याम्पसका बिद्यार्थी भाइ बहिनिहरुको सक्रियता र मेहेनतले शैक्षिक भ्रमणको लागि संकलन भएको यो रकम ठुलो उपलब्धी भएको भन्दै प्रसंशा गर्नुभयो । साथै चिट्ठा कार्यक्रममा सहभागी भै बिजेता हुनुहुने भाग्यमानी बिजेतहरुलाई बधाई समेत दिनुभएको थियो ।

यस्तै कार्यक्रमको सभाध्यक्ष अस्मिता अग्रवालले बिद्यार्थी साथीहरुको सक्रियताले चिट्ठा कार्यक्रम सफल भएकोले सबै बिधार्थी साथिहरुलाई धन्यबाद दिदै शैक्षिक भ्रमणको लागि ज–जस्ले चिट्ठा काटेर सहयोग गर्नुभयो उहाहरुलाई विशेष धन्यबाद दिदै भाग्यशाली बिजेताहरुलाई बधाई ब्यक्त गर्नुभयो । चिठ्ठा कार्यक्रमको नतिजा घोषणा क्याम्पस परिसरमा सोमबार बिहान ८ बजे गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here