मनहरी–कात्तिक १ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) अन्तर्गत मनहरी गाउपालिका स्तरीय मानब अधिकार समिति पुनर्गठन गरिएकोछ ।
बिमला गोपालीको नेतृत्वमा पुनः पुरानै समति पुनर्गठन गरिएको हो । पुनर्गठित समितिको कार्यकाल ३ वर्षको हुनेछ । १३ सदस्यीय गठित समितिको सचिवमा दिपेन्द्र अधिकारी रहनुभएको छ ।
शिक्षा, स्वास्थ, खाद्य र आवास लगायतका क्षेत्रमा कार्य गर्दै आईरहेको संस्थाले पुनः गोपालीकै नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
यस अघि संस्थाले मनहरी गाउँपालिका अन्तर्गत स्वास्थ्य संस्थामा पाईने सेवा तथा खोपको ब्यबस्थापनमाका विषयमा बोल्दै आइरहेको थियो । संस्थाले यस विषयमा सार्बजनिक सुनुवाई समेत गर्दै आइरहेको थियो ।
त्यस्तै नयाँ कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रमा बालबालिकामा नाटक तथा तालिम समेत प्रदान गर्ने भएको छ । मनहरी गाउँपालिका अन्तर्गत राष्ट्रिय रोटरी माबि र पशुपती माबि तथा राक्सिराङ गाँउपालिकाको २ वटा बिधालयलाई केन्द्रमा राखेर ईन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम सन्चालन गर्ने भएको छ ।
संस्थाले स्थानीय सरकारलाई झकझकाउदँै समाज सुधार गर्ने उद्देश्य राखेको छ । नयाँ कार्यसमिति निर्माण कार्यक्रमको प्रमुख अतिथि दिपेन्द्र अधिकारीले बिगतका उपलब्धीलाई जोगाउदै अगाडि बढ्ने कलिला बालबालिकाहरुलाई मानव अधिकार शिक्षा प्रदान गर्न कार्यक्रम सफल रहनेछ भन्ने आशा ब्यक्त गर्नुभएको थियो ।