साना किसान सहकारीको २४ औँ साधारण सभाको समापन आइतबार हुने

0
349

मनहरी– असोज २९ गते । साना किसान सहकारी मनहरी ८ को २४ औँ साधारण सभाको समापन आइतबार हुने भएको छ ।

पच्चिस सय शेयर सदस्य रहेको सहकारीले वडागतरुपमा साधारण सभा राख्दै आएको थियो । सोही अनुरुप शनिबार वडा नम्बर ९ को साधारण सभा गरिएको छ ।

शेयर सदस्यको संख्या धेरै भएको कारण पनि वडागतरुपमा साधारण सभा राखिएको संस्थाका प्रबन्धक ज्योती सुवेदीले बताउनुभयो ।

एकै ठाउँमा एकै चोटि सभा गर्दा भिड समायोजन गर्न समेत कठिनाई पर्ने र आर्थिक हिसाब किताब समेत बुझाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै साधारण सभा सम्बन्धी सहकारीको नियमानुसार नै क्षेत्रगतरुपमा सभा राखिएको उहाँले बताउनुभयो ।

समापन सत्रमा भने क्षेत्रगतरुपमा रहेका प्रतिनिधिहरुको मात्रै उपस्थिति रहने र आर्थिक वर्षको आय–व्यय पास गरिने उहाँले बताउनुभयो ।

क्षेत्रगतरुपमा गर्दा संस्थाका कर्मचारीलाई कठिनाई पर्ने भएतापनि समग्र शेयर सदस्यलाई आउन जान, सभाका विषयमा बुझ्न समेत कठिनाई पर्ने अवस्थालाई मध्यनजर गरी क्षेत्रगतरुपमा सभा राख्दै आइरहेको पनि उहाँले बताउनुभयो ।

यहि असोज २७ गते देखि सुरु भएको क्षेत्रगत सभा संस्थताको कार्यलय रहेको मनहरी ८ मा यहि असोज ३० गते समापन गर्न लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here