‘प्रेम गीत ३’को हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने

0
394

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत ३’ असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ।

पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। गत शनिबार फिल्मको हिन्दी र नेपाली दुवै संस्करणमा टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक भएपछि दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका छन्। 

अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका छन्। हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here