मकवानपुर–असोज २५ गते । आगमी मंसिर ४ मा हुने निर्वाचनका लागि मकवानपुरमा ६९ जना सबै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी कयमै राखेका छन् ।
कुनै पनि उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिएपछि उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गरेको छ । बुधबार उम्मेदवारी फिर्ता लिने समय सिमा भएता पनि कुनै पनि उम्मेदवारले फिर्ता नलिएपछि अन्तिम नामावली सार्वजनिक गरिएको निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताउनुभयो ।
असोज २३ गते भएको मनोनयन दर्ताको दिन ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । मकवानपुरका दुई वटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्र गरी ६ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
जिल्लामा प्रतिनिधि सभातर्फ २६ जना र प्रदेश सभातर्फ ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधि सभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्वर १ बाट २ जना स्वतन्त्र र राजनितिक दलका १४ गरी १६ जना र क्षेत्र नम्वर २ मा एक जना स्वतन्त्र र ९ जना राजनितिक दल सहित १० जना गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
त्यसैगरी, प्रदेश सभा सदस्य पदमा मकवापुर क्षेत्र नम्वर १ (क) मा ८ जना, (ख) मा १० जना र क्षेत्र नम्वर २ (क) मा १० जना र (ख) मा १५ जना गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार उम्मेदवार फिर्ता लिने समयमा फिर्ता पनि नलिएको र उम्मेदवारीहरु माथी दावी विरोध पनि नआएपछि अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको निर्वाचन अधिकृत निरौलाले बताउनुभयो ।