एजेन्सी, ८ असोज/आईसीसी वुमन्स टी २० विश्वकप क्रिकेटमा बंगलादेश र आयरल्याण्डले स्थान पक्का गरेका छन् ।

आयरल्याण्डले जिम्वावे र बंगलादेशले थाइल्याण्डलाई क्वालीफायर टुर्नामेन्टको सेमिफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाउना साथ विश्वकपमा छनोट भएका हुन् ।

पहिलो सेमिफाइनलमा आयरल्याण्डले रोमाञ्चक भिडन्तमा जिम्बालेलाई जम्मा ४ रनले पाखा लगाएको थियो ।

उता अर्को सेमिफाइनलमा भने बंगलादेशले थाइल्याण्डविरुद्ध ११ रनको जीत निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो ।

आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा जिम्बावेले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३३ रनमात्रै बनाउन सक्यो । जेन मेगिरले ४ ओभरको स्पेलमा १८ रन दिएर २ विकेट लिएकी उनी प्लेयर अफ द म्याच बनिन् । 

यस्तै बंगलादेशले पहिला ब्याटिङ गर्दा ५ विकेट गुमाएर ११३ रनमात्रै बनाएको थियो । तर थाइल्याण्डको टिम भने ६ विकेट गुमाएर १०२ रनमा रोकिन पुग्यो । थाइल्याण्डका लागि नट्टकन चेथमले सर्वाधिक ६४ रन बनाए पनि जित भने दिलाउन सकिनन् ।

तर पनि उनी प्लेयर अफ द म्याच बनिन् । अब उपाधिका लागि बंगलादेश र आयरल्याण्डबीच आइतबार प्रतिस्पर्धा हुने छ । तेस्रो स्थानका लागि जिम्बावे र थाइल्याण्ड भिड्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here