हेटौंडा, ८ असोज/सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले केही दिनदेखि उत्पादन बन्द गरेको छ । विगत केही वर्षदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योग संचालनका लागि पर्याप्त कोइलाको आपूर्ति नहुँदा उत्पादन बन्द गरेको उद्योगका नायब महाप्रबन्धक एवम् प्रवक्ता नवीनकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार, बोलपत्र आह्वान गरी कोइला आपूर्तिकर्तालाई ६ हजार मेट्रिकटन कोइला उपलब्ध गराउन आग्रह गरिएको भएपनि हाल पर्याप्त कोईला आपूर्ति नभएकोले उत्पादन बन्द गरिएको हो ।

उद्योगका कर्मचारीहरूका अनुसार, एक महिनादेखि उत्पादन बन्द रहेको छ । हाल उद्योगको भण्डारण कक्षमा १ हजार १ सय ५० मेट्रिकटन मात्रै कोइला उपलब्ध रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here