हेटौंडा, ७ असोज/आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि चाहिने म्यादी प्रहरी मकवानपुरमा २ हजार ७ सय ४५ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आवेदन दिनेहरुमा सर्वसाधरणहरुबाट ५ सय महिला र १ हजार २ सय ८४ पुरुष रहेकाछन भने ३२२ महिला ५९३ जना पुरुष पूर्व म्यादी रहेकाछन । यस्तै पूर्व  नेपाली सेनाका २९ जना पुरुषले आवेदन दिएकाछन् ।

यस्तै पूर्व प्रहरीबाट १३ जना पुरुष रहेका छन भने पूर्व सशस्त्र प्रहरीबाट ४ जना पुरुष रहेकाछन् । यो संगै असोज ६ गतेसम्म ८२२ जना महिला र १ हजार ९२३ पुरुष गरी २ हजार ७ सय ४५ जनाको आवेदन परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here