हेटौंडा, ७ असोज/मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको यात्रुबाहक मिनि बस दुर्घटना मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ 

दुर्घटनामा सात जनाको मृत्यु र २६ जना घाइते भएका थिए । दुर्घटनामा नुवाकोटका ३५ वर्षीय रघुराज न्यौपाने, बारा झिटकैया –४ का ३३ वर्षीय अन्दुलाहा मियाा ठकुराई, बारा जितपुरसिमरा उपमहानगर २४ बस्ने वर्ष २५ को शेख अरमान, मकवानपुरगढी २ कुर्लेका मदन विश्वकर्मा, वीरगञ्ज महानगरका ३१ हृदय नारायण पंजियार मृत्यु भएको प्रहरीले जनाएको छ । बाकीँ २ जना मृत्तकको पहिचान हुन बांकी रहेको छ ।

दुर्घटनामा २५ जना घाईते मध्ये १९ पुरुष,४ महिला र २ बालिका रहेका छन् । ४ जना गम्भिर घाइतेको पुरानो मेडिकल कलेज रिफर गरिएको छ भने १६ जना मध्यम, ५ जना सामान्य भएकाहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका न्यौपाने नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तिमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ५० मिटर तलको मोडमा बस खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here