Friday, February 3, 2023
10:31 PM

मनहरीले खोल्यो नदीजन्य बस्तुको निकासी, सात दिनमा ५८ लाख राजश्व संकलन

ताजा / भरखरै प्राप्त

हेटौंडा-१५ बाट लागुऔषधसहित २ जना पक्राउ

हेटौंडा, १८ माघ/मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलङवा...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन

भक्तपुर, १८ माघ/नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायको संरक्षण गर्नुपर्ने बताएका छन् ।

बागमती प्रदेशसभाको पाँच वर्ष: ५६ वटा ऐन निर्माण

हेटौंडा, १८ माघ/बागमती प्रदेश सभा बुधबारदेखि पाँच वर्ष पूरा भएर छैटौं वर्षमा प्रवेश गर्दैछ। २०७४ सालको आमनिर्वाचनपछि स्थापना भएको...

आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, १८ माघ/सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा...

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

पोखरा, १८ माघ/नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत हुन...

मनहरी–भदौ २९ गते । जिल्ला समन्वय समिति मकवानपुरको अबरोधका बीच मनहरी गाउँपालिकाले नदीजन्य बस्तुको निकासी खोलेको छ । भदौ २२ गतेबाट मनहरी क्षेत्रबाट चितवनका विभिन्न टोलबस्तीहरुमा निर्माण सामग्री बोकेर टिफरहरु गइरहेका छन् ।

जिल्ला समन्वय समितिले स्टक नापजाँच गरेर अनुमति दिएपछि मात्रै यसअघि निकासी खुल्ने गरेको थियो । विश्वकर्मा पुजा सकिएपछि दशैभन्दा केही दिनअघि मात्रै गत बर्षहरुमा निकासी खुल्ने गथ्र्याे । तर, यसपटक गाउँपालिकाले जिल्ला समन्वय समितिले नमान्दा नमान्दै पनि निकासी खुलाएको हो । तर, जिल्ला समन्वय समितिले स्टकबाट घट्ने गरी निकासी खोल्न मौन समर्थन गरेको बताइएको छ ।

भदौ २२ गतेबाट निकासी खुलेपछि भदौ २७ गतेसम्मको अबधिमा ५८ लाख राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । ‘निकासी नखुल्दा एकातिर व्यवसायीहरु मारमा परेका छन् भने राजश्व समेत गुमिरहेको छ’, प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले भन्नुभयो–‘गाउँपालिकाले दैनिक ७–८ लाख रुपियाँ राजश्व गुमाइरहन नसक्ने भएकाले निकासी खोल्न बढी नै जोडबल गरेका हौँ ।’

अन्य जिल्लाहरुमा मकवानपुरमा जस्तो जिल्ला समन्वय समितिमार्फत निकासी खोल्ने अभ्यास नभएको र प्राकृतिक स्रोतमाथिको अधिकार स्थानीय तह र प्रदेश सरकारसँग भएकाले पनि गाउँपालिकाले यसबर्ष चाँडै निकासी खोल्न जोडबल गरिएको बताइएको छ ।

स्मरणीय कुरा के छ भने गिटीबालुवा र नदिजन्य बस्तुको उत्खनन्, निकासी लगायतका काममा तत्कालीन जिल्ला विकास समिति हुँदा करोडौँको चलखेलमा कहिले अमानतमा त कहिले ठेक्का प्रणालीमार्फत हुँदै आएको थियो । तर, संघीयता कार्यान्वयनसँगै उक्त अधिकार स्थानीय सरकारहरुमा आएपछि पनि चलखेल र अनियमितता घटेको छैन ।

मनहरीमा पनि नक्कली बील देखाएर राजश्व छली हुने, परिमाणभन्दा बढी उत्खनन् हुने लगायतका समस्याहरु छन् । त्यसो त अमानतमा कर असुलीका लागि खटाइएका कर्मचारीहरुले टिफर चालकसँग ‘सेटिङ’ गरेर राजश्व छल्ने गरेको घटना सार्बजनिक हुँदा गत असारमा मात्रै दुई जना कर्मचारीलाई कामबाट हटाइएको छ ।

लोकप्रिय

‘थापाको गृहनगर राप्रपाको निशानामा’ एक रुपियाँ भ्रष्टाचार गरे झुण्डिन तयार

–निशा गुरुङ हेटौंडा–महाधिवेशनमा पराजित भएपछि राप्रपा नेपालको कमाण्ड सम्हालेका कमल थापाको गृहनगर हेटौंडालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी...

बकैयाका किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै

-आशिष चौलागाँई हेटौंडा-पूर्वि मकवानपुर बकैया गाउँपालिका-७ किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै गएका छन् । वि.सं.२०५६ सालदेखि कृषि पेसामा निरन्तर...

Related Articles

हेटौंडा-१५ बाट लागुऔषधसहित २ जना पक्राउ

हेटौंडा, १८ माघ/मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलङवा...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन

भक्तपुर, १८ माघ/नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायको संरक्षण गर्नुपर्ने बताएका छन् ।

बागमती प्रदेशसभाको पाँच वर्ष: ५६ वटा ऐन निर्माण

हेटौंडा, १८ माघ/बागमती प्रदेश सभा बुधबारदेखि पाँच वर्ष पूरा भएर छैटौं वर्षमा प्रवेश गर्दैछ। २०७४ सालको आमनिर्वाचनपछि स्थापना भएको...