हेटौंडा, २६ साउन\नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । 

नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७ जना महिला र ४५ जना पुरुषले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । बिहान ७ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रम भएको पूर्णिमा गोलेले जानकारी दिइन् । 

उद्घाटन कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण बागमती प्रदेशका डिभिजन प्रमुख दिपेन्द्रराज द्धुवेदी, प्रशासन प्रमुख रामचन्द्र पौडेल, रक्तदान कार्यक्रम उपसमितिका संयोजक प्रेमप्रसाद दुलाल, सहायक प्रशासकिय अधिकृत भरत भण्डारी, प्रशासन अधिकृत तारा विष्ट, प्राविधिक विजय थिङ, रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमाल, किशोर सापकोटालगायतकाको सहभागिता रहेको थियो । 

वार्षिकोत्सवको अवसरमा साउन १६ गतेदेखि २१ गते सम्म ब्याटमिन्टन प्रतियोगिता भएको थियो । साउन ३१ गते सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिने छ ।  

यस डिभिजन अन्र्तगत ६ वटा वितरण केन्द्रहरु रहेका छन् । मकवानपुरको पालुङ र हेटौंडा, चितवनको चनौली, भरक्तपुर, रत्ननगर टाँडी वितरण केन्द्र र सिन्धुली जिल्लाको सिन्धुली वितरण केन्द्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here