एमसीसीको बुँदाहरु परिमार्जनको माग गर्दै हेटौंडामा वाईसिएलको प्रदर्शन

0
395

हेटौंडा-अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बुँदाहरु परिमार्जनको माग गर्दै सत्ता साझेदार पार्टी नेकपा माओवादी निकट युवा संगठनले हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

माओवादी निकटको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुरले हेटौंडाको बुद्धचोकमा एमसीसी विरुद्ध प्रदर्शन गरेको हो ।

उनिहरुले ‘नो एमसीसी देश बेच्न पाईदैन,एमसीसी चाँहिदैन सम्पूर्ण नेपाली एक हौ,राष्ट्रघाती सम्झौताको विरोध गरौ,देश बेच्न पाईदैन, एमसीसी चाँहिदैन, राष्ट्रवादको ढोङ ओड्ने नेताहरु होसियार, एसीसीका राष्ट्रघाती बुँदाहरु परिमार्जन गर।’ लगाएतका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here