हेटौँडाकी किशुको चर्चित गितको ‘म्यासअप’ सार्वजनिक

हेटौँडा-अहिलेका नयाँ पुस्ताहरुलाई नेपालका पुराना तथा निकै सुमधुर गितहरुबारे जानकारी नहुन सक्छ । ति सुपरहिट मानिएका ८ वटा नेपाली गित समेटेर हेटौँडाकी गायीका किशु थापाले युटुब मार्फत ‘रिमेक’ गर्दै गित तथा म्युजिक भिडियो सार्वजनिक गरेकि छिन् ।

हेटौँडा उपमहानगरपालिकाको चिल्ड्रेन पार्ककी स्थानीय थापाले आफ्नै युटुब च्यानल ‘किशु थापा’बाट ति गित तथा म्युजिक भिडियो सार्वजनिक गरेकि हुन् । सानै उमेरबाट म्युजिकमा रुचि राख्ने थापाले पढाई तथा अन्य कारण १५ वर्षपछि पुनः म्युजिकमा ‘कमब्याक’ गरेकि हुन् । उनी नेपालको चर्चिक कार्यक्रम ‘खोजि प्रतिभाको’ सिजन –१ मा टप १० मा पर्न सफल भएकी थिईन् भने ‘साउथ यसियन स्टार नेपाल’मा टप ३ महिला प्रतिस्पर्धी बनेकी थिईन् ।

अध्ययन, तथा कामको कारण आफुले म्युजिकलाई समय दिन नसकेको बताउँदै थापाले अब निरन्तर म्युजिकमा लाग्ने बताईन् । १५ वर्षपछि पुनः म्युजिकमा जोडिन पाएकोमा निकै खुसी लागेको बताउँदै उनले अबको दिनमा यसलाई निरन्तरता दिदै आफ्ना प्रस्तुतिहरु श्रोतामाझ ल्याउने बताईन् । आफु अहिले हेटौँडाको नवोदय स्कुलमा भोकल टिचरको रुपमा काम गरिरहेको भन्दै उनले म्युजिकबाट आफ्नो क्षेत्रलाई चिनाउने उदेश्य रहेको उनको भनाई छ ।

उनले हाल सार्वजनिक गरेको म्यासअप ‘तिमिलाई’ मा सपना हिजो राती, तिमिलाई, कोहो छाँया, मिठो माया लगाएतका ८ गित रहेका छन् । अफिया मल्टि क्रियशन म्युजिक स्टुडियो हेटौँडामा रेकर्डिङ गरिएको गितमा एरेन्ज र मिक्सीङ अमृत ल्वागुनले गरेका छन् । म्युजिक भिडियोको निर्देशन जेशन लामाले गरेका छन भने क्यामरा, भिएफएक्स र एडिट अजय वाईवाले गरेका छन् । म्युजिक भिडियोमा कृपा ल्वागुन, विजय हेलेन र प्रभा स्याङ्तानले अभिनयय गर्दा वाल कलाकारको रुपमा आर्नभ श्रेष्ठ, निमिस्का थापा तथा श्रेणी सुनुवारले अभिनय गरेका छन् । म्युजिक भिडियोमा कोपिला घिसिङको मेकअप र प्रनिशा तामाङको ड्रेस डिजाईनिङ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here