बकैयाका किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै

0
786

आशिष चौलागाँई

हेटौंडा-पूर्वि मकवानपुर बकैया गाउँपालिका-७ किसानहरु व्यवसायिक कृषिमा अब्बल बन्दै गएका छन् । वि.सं.२०५६ सालदेखि कृषि पेसामा निरन्तर रुपमा लागेका सापकोटाले मासिक ४० हजार कृषि पेसाबाट राम्रो आम्दानी लिने गरेको बताउँछन् । विभिन्न दुख, पिर सम्म सामना गरेको उनले जिबनमा धेरै दुख, सङ्घर्ष गर्दै अगाडि बढेका छन्। ५ गठ्ठा मा उनले बेमौसमी तरकारी खेति गर्दै आएको सापकोटा दम्पतीले अहिले टमाटर, काउलि, बन्दा र च्याउ लगाएका छन् ।

उनी भन्छन बर्षभरि दुख गरेर लगाएको बाली राम्रो हुदा खुशी लाग्छ तर त्यसलाई कहाँ लगेर बेच्नेरु बजार व्यवस्थापन समस्या हुदा र बल्ल बजारमा सामान लगे पनि उचित बस्तु अनुसारको मुल्य नपाउदा कहिले काहीँ त रुन मन लाग्छ, आँखा भरि आँसु निकाल्दै भने, ४ र ५ महिना मात्र भयो च्याउ खेतिको लागि भनेर हामीले जम्मा गरेर, राखेको पराल काट्न नपाउदै करेन्ट सट भएर आगो लाग्यो । वडा बाट सहयोग गर्छु भन्नू भएको थियोे तर आश्वासन मात्र बल्ल बल्ल सहयोग त आयो गाउँपालिकाले तर दस हजार मात्र आफ्नो क्षति भएका छन् भने एक लाख भन्दा माथि उनी भन्छन् कृषिको लागि भनेर राज्यले धेरै पैसा छुट्टाएको भन्छन कुनै सेवा सुबिधा पाएको छैनौं बल्ल बल्ल एकचोटि च्याउ खेतिको लागि २५ हजार रुपैयाँ र टडेल बनाईसके पछि छोप्नको लागि त्रिपालको आवश्यक पर्छ त्यो निः शुल्क पाईन्छ भन्थे तर पूरा मिना नभइ रु.२४ सय मैले दिए अनि मात्र त्रिपाल पाए, धेरै कुराको असुबिधा छ नेपालमा कृषकहरुलाई भनेको समयमा मल, बीउ, बिजन पाइदैन, बकैया गाउँपालिकाले कृषि क्षेत्रमा बजेट छ्ट्टाएको र समूहरुलाई कृषि ओैजार दिइएको भन्छन , तर म पनि ती समूहमा छु नत आजसम्म कुनै सामान पाएको उनको भनाई छ ।

कृषिबाट टडेलको लागि भनेर त्रिपाल मात्र पाएको र राज्यले कृषिलाई भनेर करोडौं खर्च गरे पनि किसानहरुलाई केही नदिएको सापकोटाले भनेका छन् । उनले भने अब अगामीदिनहरुमा आउँने वडा अध्यक्षहरु दक्ष जनशक्तिको भयो भने काम गर्न खोज्ने किसानहरूले केही राहत पाउथेकि, गरिब किसानहरुलाई दुःख पर्दा मलम लगाउने जनप्रतिनिधि नभएका कारण ७ नम्बरको वडा कृषि क्षेत्रमा अघि बड्न नसकेको बताछन् ।

कृषिमा आधुनिकरण गर्नु पर्छ भन्दै राज्यको नीति बन्छ ।कृषि बिमाको कुरा चल्छ, बिउ र मलका लागे ठूलो बजेट छुट्टिन्छ र अर्गानिक खेतिमा लगानी गर्ने योजना र बजेट बन्छ । तर ती धेरै कुरा कागजमा मात्र सिमित छ। वास्तविक किसानभन्दा कागज मिलाउन सक्ने व्यक्ति कृषिको सरकारी अनुदानबाट मेटाउछन् वास्तविक अवस्था मुलुकको यस्तो हुँदा कृषि क्षेत्रमा समस्या बढ्दैछ। कृषि क्षेत्र अङ्गालेकाहरु बिदेशी भित्रन बाध्य भएका छन्।

जनसंख्याको दुई तिहाई अर्थात ६५.५ प्रतिशत नागरिकले अंगालेका पेसालाई समेत सुरक्षित गर्ने नसक्नु सरकारको कमजोरी हो। सरकारबाट पाउने अनुदान, ऋण सिंचाइ ,बिउबिजन, मल लगायतको आधारभुत सुबिधाबाट वन्चित हुने पनि किसान नै हुन सबै अवस्थालाई केलाउदा सबैभन्दा दुखको पेसा नै कृषि नै हो भन्ने अवस्था बझ्न सकिन्छ । सरकारले कृषि पति धेरै ध्यान दिनु पर्ने रहेको पाईन्छ । कृषिले नै देशको उज्वल भविष्य प्रति उज्यालो छर्ने भएकोले सरकारको ध्यानाक्रर्षण आवश्यक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here