हेटौंडा ३ माघ/जिल्ला प्रशासन कार्यालय मकवानपुरले  कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै कुनै पनि भेला,जुलुस,आमसभा जस्ता मानिस भेला हुने गतिविधिलाई माघ मसान्तसम्म रोक लगाउदै १६ बुँदे आदेश जारी गरेको हो।

मकवानपुरका प्रजिअ भरतमणी पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लामा कोरोनाको भेरिएन्ट ओमिक्रोन भाइरसका बिरामी बढेसँगै १६ बुँदे आदेश जारी गरिएको उल्लेख गरिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here