काठमाडौं, ८ कात्तिक/नेपाली कांग्रेसबाट ईन्द्रावती गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित मिरा अधिकारी लामाको निधनप्रति कांग्रेसका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेशसभा सदस्यद्वय छिरिङ लामा र निमा लामाले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

महिला नेतृ डिनाले स्वर्गीय लामाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसले एक निष्ठावान र विकासप्रेमी नेतृ गुमाएको बताउनुभयो । नेतृ डिनाले लामाले पार्टीमा गरेको योगदानको सधैं स्मरण रहने बताउँदै परिवारजनमा धैर्यधारण गर्नसक्ने शक्ति प्रदान होस भन्ने कामना समेत गर्नुभयो ।

त्यसैगरी नेता बानियाँले स्वर्गीय लामाले ईन्द्रावती गाउँपालिका उपाध्यक्ष भएर गाउँपालिकाको पूर्वाधार निर्माण र आर्थिक तथा सामाजिक विकासका साथै महिला उत्थान कार्यक्रम संचालन गरेर गरेको योगदानलाई कांग्रेसले भुल्न नहुने बताउँदै परिवारजनमा समवेदना प्रकट गर्नुभयो ।

लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पीडित महिला नेतृ लामाको शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको थियो । लामा नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति विकास लामाकी श्रीमती हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here