हेटौंडा, ४ कार्तिक/नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले लोभ र भ्रमले जनतालाई कति दिन झुक्याउने भन्दै नेकपा एमालेलाई प्रश्न गरेका छन् ।

बागमती प्रदेशसभामा बोल्दै नेतम बानियाँले जनतालाई लोभ र भ्रममा पारेर निवार्चनमा विजय भए पनि अहिले झुक्याएको बताउँदै कति दिन भ्रममा नराख्न चेतावनी दिए । 

उनले जनतालाई खुशी सुखी कागजमा होइन, व्यवहारमा ल्याउनु पर्ने बताउँदै त्यो काम अब आफूहरु नेतृत्वको सरकारले गर्ने दावी गरे । अबको निर्वाचनमा जनताले एमालेलाई सजाय दिने बताए ।

उनले अल्पमतमा परिसकेको सरकारले प्रदेशसभाको बैठक लम्ब्याएर  सत्ताको आयु नलव्याउन सुझाव दिए । उनले आफूहरुले यो व्यवस्था र संविधान रक्षाका लागि गठबन्धन बनाएकोले यसप्रति प्रतिबद्ध रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here