काठमाडाैं, २७ साउन/नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले राजीनामा दिएका छन् ।

यो सरकार विकासविरोधी भएको भन्दै उनले सँगै काम गर्न नसकिने आरोप लगाउँदै राजीनामा दिएका हुन् । केही दिनअघि सरकारले उनलाई स्पष्टिकरण सोधेको थियो । उनले स्पष्टिकरणको जवाफ नदिने अडान लिएका थिए ।  

सामाजिक सञ्जालमा निकै आक्रामक र अमर्यादित प्रतिक्रिया दिने गरेका भट्टराईले आफूलाई पटक-पटक केपी ओलीको छोरो हुँ भन्ने गर्थे । कहिले उनले एमालेको साइबर सेनाको सेनापति रहेको दाबी गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here