हेटौंडा, २६ साउन/मकवानपुरमा मंगलबार ४५ जनामा कोरोना पुष्टि भएका छन।

स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना पुष्टि भइ होम तथा संस्थागत आइशोलेसनमा रहेका ९० जना कारोना सङ्क्रमण मुक्त भएका हुन।

कोरोना पुष्टि भई होम तथा संस्थागत आइशोलेसनमा रहेका हेटौंडामा ६८ जना, थाहानगरमा ७ जना, मकवानपुरगढीमा ४ जना बागमती र भिमफेदीमा २/२ जना, बकैयामा १ जना  र मनहरीमा ६ जना गरी जम्मा ९० जना आज कोरोना मुक्त भएका हुन ।

आज कोरोना मुक्त हुने ९० सँगै मकवानपुरमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ८ सय ३५ जना पुगेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here