हेटौंडा, २४ साउन/हेटौंडा हुदैं काठमाडौं जाने छोटो बैक्लपिक मार्ग अन्तर्गत ईन्द्रसरोबर- २ सिमखोलामा यात्रुबाहक टाटा सुमो जिप दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यु भएको छ

काठमाडौंबाट यात्रु बोकेर बिरगञ्ज तर्फ आउदै गरेको ना १ ज २११४ नम्बरको सुनौलो यातायातको सुमो ईन्द्रसरोबर-२ सिमखोलामा दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको र ४ जना घाइते भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन।

मृत्यु हुनेमा हालसम्म नाम थर ठेगान खुल्न नसकेको सोही सुमोको चालक रहेको प्रहरीले जनाएको छ ।  घाइते हुनेमा भारत ज्ञानबाद बस्ने १४ बर्षीय रोनक कुमार,सोही ठाउँ बस्ने १७ बर्षीय शंकर कुमार, विशाल कुमार र शिव शक्ति कुमार रहेको प्रहरी निरीक्षक दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here