एजेन्सी, १४ साउन/भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५\४० हजारको हाराहारीमा रहेको दैनिक संक्रमितको संख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै गएको छ । 
 
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार ५ सय ९ जना नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा ३८ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको संख्याभन्दा नयाँ संक्रमितको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्यामा समेत बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड सात लाख एक हजार ६ सय १२ पुगेको जनाएको छ । 

कुल संक्रमितमध्ये ९७.३८ प्रतिशत संक्रमितहरु अहिले संक्रमणमुक्त भइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल ४६ करोड २६ लाख २९ हजार ७७३ जनको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी अहिलेसम्म कुल ४५ करोड ७ लाख ६ हजार २५७ जनाले खोप लगाइसकेका छन् । –एएनआई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here