धनगढी, १४ साउन/भारतबाट ल्याएको अवैध चिनी प्रहरीले कञ्चनपुरमा बरामद गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१ भाँसीस्थित १८ वर्षीय बिक्की गुप्ताले भन्सार छली गरेर ल्याएको दुई लाख ७३ हजार बराबरको चिनी बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले ४२ क्वीन्टल अवैध चिनी बरामद गरेर आवश्यक कारबाहीका लागि चिनी ल्याउने व्यक्तिसहित गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here