वीरगन्ज, १८ बैशाख/वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। वीरगन्जको नगवास्थित बाबा होटेलमा नेशनल मेडिकल कलेजले सन्चालन गरेको कोरोना अस्पतालमा शनिबार बिहान र शुक्रबार साँझ एक/एक जनाको संक्रमितको मृत्यु भएको हो। 

मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममा वीरगन्ज छपकैयाका ६७ वर्षीय पुरुषको शनिबार बिहान पौने ६ बजे मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भई तीन दिनअघि कोरोना अस्पततालमा भर्ना भएका ती पुरुषकलाइ स्वास्थ्य अवस्था जटिल भएपछि २४ घण्टादेखि भेन्टिलेटरमा राखिएको थियो।

हाईफ्लो अक्सिजन दिदा समेत उनको स्वास्थ्यमा सुधार नभएको र सक्दो प्रयास गर्दा गर्दै पनि उनको शनिबार मृत्यु भएको डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए। 

यस्तै शुक्रबार साँझ पनि मेकिडल कलेजकै कोरोना अस्पतालमा वीरगन्ज ९ की ७४ वर्षीया महिलाको मृत्यु भएको हो। बैशाख १४ गते पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकी उनलाई बैशाख १५ गते कोरोना अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको शुक्रबार साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड १९ सम्पर्क ब्यक्ति विनय श्रीवास्तवले जानकारी दिए।

कोरोनाको दोस्रो लहर शुरु भए यता चैत ३० देखि बैशाख १८ शनिबार बिहानसम्म कोरोनाले ३० जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here