हेटौंडा, १७ फागुन/नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य एवम् प्रेस संगठन नेपालका इन्चार्ज योगेशकुमार भट्टराईले लामो संघर्ष र आन्दोलनपछि प्राप्त भएको संविधानमाथि सरकारबाटै हस्तक्षेपको प्रयास भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

हेटौंडामा सोमबार आयोजित प्रचण्ड–माधव पक्ष निकट प्रेस संगठन नेपालकोे दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री भट्टराईले सरकारबाटै बारम्बार संविधान मिच्ने प्रयास भइरहेको भन्दै प्रेस संगठनले यसको रक्षाको लागि लड्नुपर्ने बताए ।

सरकारी सञ्चार माध्ययमहरुले सरकारको गुणगान मात्रै गाउने नभई आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने उनको भनाइ छ । सञ्चारमाध्यम र पत्रकारिता सधैँ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा हुनुपर्नेमा उनले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here