हेटौंडा, १२ फागुन/मकवानपुरको कैलाश गाउँपालिकाका ९ जना कार्यपालिका सदस्यहरुले गाउँ कार्यपालिका बैठक बहिस्कार गरेका छन् ।

बहिस्कार गर्नेमा कैलाश–१ का वडा अध्यक्ष पेमा योञ्जन, कैलाश–२ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, कैलाश–५ का वडा अध्यक्ष छेकु लामा, कैलाश–६ का वडा अध्यक्ष ठूलोकान्छा लामा, कैलाश–७ का वडा अध्यक्ष उदास भोलोन, कैलाश–९ का वडा अध्यक्ष सुमन लटौला, कैलाश–१० का वडा अध्यक्ष मानिकलाल मुक्तान र वडा सदस्यहरु आशिष प्रजा र लक्ष्मी मोक्तानले बैठक बहिस्कार गरेका हुन् ।

बैठक संचालन कार्यविधि अनुसार बैठक नबसेपछि आफुहरुले बैठक बहिस्कार गरेको कैलाश गाउँपालिकाका प्रवक्ता समेत रहेका कैलाश–१० का वडा अध्यक्ष मोक्तानले बताए ।

पटक पटक गाउँ कार्यापालिका बैठक संचालनमा ढिला सुस्ती र अव्यवस्थित भएपनि सुधार नभएको भन्दै सुधारका हुने अपेक्षासहित बैठक बहिस्कार गरेको उनीहरुद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

उनीहरुले बैठकका लागि २ घण्टा कुर्दा समेत बैठक सुचारु नभएपछि बाध्य भएर बहिस्कार गरेको जनाएका छन् ।

यसअघि, फागुन ६ गतेका लागि बोलाईएको कार्यपालिका बैठक मौसमको कारण भन्दै स्थगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here