काठमाडौं, ११ फागुन/सर्वाेच्च अदालतले प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारी निर्णय बदर गर्दै सर्वाेच्चले अबको १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन निर्देशन दिएको हो ।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको हो। इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन पनि आदेश दिएको छ। संवैधानिक इजलासमा जबरासँगै न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी थिए।

सर्वोच्च अदालतले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको फैसला गरेको छ। इजलासको फैसला प्रधानन्यायाधीश जबराले पढेरा सुनाएका छन्।

सत्तारुढ नेकपामा विवाद चुलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको ५ पुसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here