पालुङ,११ फागुन/बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले केपी ओली नेतृत्वको सरकारले तीन वर्षमा तीन सय वर्षमा नभएको कामहरु गरेको दाबी गरेका छन् ।

मंगलवार मकवानपुर जिल्ला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिकमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै त्यस्तो दाबी गरेका हुन् ।

साथै थाहा नगरपालिका बनाउनुनमा आफ्नो ठूलो हात रहेको बताउँदै अरुले भ्रमको खेती गरिरहेको आरोप लगाए । “यो तीन वर्षमा बिगत ३ सय बर्षमा नभएका कामहरु भएका छन । थाहा नगर बनाउनुमा मेरो पनि ठूलो भूमिका छ ।” मुख्यमन्त्री पौडेलले भने- “धेरैले भ्रमको खेती गरेका छन । हानी संस्थापन हौ तर अरूले पनि बहुमतमा छौ भन्दै संस्थापन भनिरहेका छन् ।”

आफू १३ जिल्लाको मुख्यमन्त्री भएपनि आफूलाई मकवानपुरको धेरै माया लाग्ने बताए । त्यस्तै मकवानपुरमा हेटौँडापछि आफूलाई थाहानगर मन पर्ने बताए ।

“म १३ जिल्लाको मुख्यमन्त्री हुँ । तर मलाइ मकवानपुरको धेरै माया लाग्छ । हेटौँडापछी मन पर्ने ठाउँ थाहानगर हो ।” मुख्यमन्त्री पौडेले भने ।

तत्कालीन एमाले र माओवादी एकता हुन्छ भनेर नसोचेको तर आफूहरुले धेरै कुरा त्यागेर एकता गरेको बताए । त्यस्तै महाधिवेशन हारेर अध्यक्ष हुनैपर्ने यो कहाँको लोकतान्त्रिक ? जनतामा जान्छु भनेर सर्वोच्च ठान्नेलाई प्रतिगामी हुन्छ ?भन्दै प्रश्न गरेका छन् ।

त्यस्तै संसद पुनस्थापन नहुने निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् । ओली नेतृत्वको सरकारले तीन वर्षमा ठूलो उपलब्धि हासिल गरेको उनले बताए । प्रधानमन्त्री ओलीले काम नै गरेन भन्नेहरुलाई कुन काम भएन भनेर प्रश्न गर्न आग्रह गरेका छन् । त्यस्तै नेकपाको प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएपनि आफूहरुले कसैलाई कारवाही नगरेको बताए ।

“प्रतिनिधि सभा पुनस्थापन हुँदैन निर्वाचन हुन्छ । सरकारले कुनचाँही काम गरेन भनेर प्रश्न गरौं बरु । अहिले तीन बर्षमा भएका काम बिगत ३०० बर्षमा पनि भएका थिएनन ।कामै गरेन भन्नेलाई कुन काम भएन भनेर सोध्नुस् ।” मुख्यमन्त्री पौडेलले भने- “हामीले कसैलाई कारवाही गरेका छैनौ तर उहाँहरुले हमिलाई निकालिसके, ओलिलाई निकालिसके।”

त्यस्तै संसद विघटनमा प्रधानमन्त्रीको दोष नभएको मुख्यमन्त्री पौडेलको दाबी छ । प्रधानमन्त्रीले प्रचण्ड-नेपालले दुख दिएका कारण संसद विघटन गर्ने कमद चाल्नु परेको दाबी गरे । साथै अर्को वर्ष बृद्धभत्ता ४ हजार र पछि ५ हजार पुर्याउने दाबी गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले भने- “मैले ज्येष्ठ नागरिक भत्ता खानेबेला भएको छैन । भत्ता अर्को बर्ष ४ हजार पुग्छ, ५ हजार पुर्याउछौ । विघटनको जिम्मेवारी ओली होइन । बिरालोलाई थुनेर कुट्दा बिरालो झम्तिन्छ । प्रचण्ड र नेपालको दोष हो । हामी त भत्ता खाने बेला भएको मान्छे त्यसैले अब युवाहरुको पालो आएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here