हेटौंडा, ११ पुस/पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा शनिबार दिउँसो  भएको बस दुर्घटना एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा लम्जुङका अन्दाजी ३०/३२बर्षीय हरी गौली रहेको र उनको उपचारको क्रममा हेटौँडा अस्पताल मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले प्रष्ट खबरलाई बताएका छन् । 

हेटौँडाबाट यात्रु बोकेर चितवनतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ९ जना घाइते भएको र केही घाइतेको हेटौँडा अस्पताल र केहीको चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here