बाँके, १८ मंसिर/बाँकेमा २५ किलो अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका ४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादव छन् ।

इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here