हेटौंडा, १५ मंसिर/नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्वारा सोमबार कांग्रेस पार्टी कार्यालय मकवानपुरमा रक्तदान कार्यक्रम गरेको छ ।
कांग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य रोशन शर्माको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अमृता थापामगर, सल्लाहकार अशोक शाक्य, महासमिति सदस्य दिनेश उपाध्याय, क्षेत्रीय सभापति दामोदर खनाल, प्रदेश २ ख का क्षेत्रीय सभापति लोक मुक्तान, नगर सभापति आनन्दराम पराजुली, महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, महिला विभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ, तराई मधेश विभागकी केन्द्रीय सदस्य अञ्जना उपाध्याय, नगर कोषाध्यक्ष कविन सांगामीलगायतको उपस्थिति रहेको थियो ।