हेटौँडा,११ मंसिर/कवानपुरको उत्तरी क्षेत्र थाहानगरबाट हराएकी एक महिलाको  शव कुलेखानी जलासयमा भेटिएको छ।  

मंसिर ८ गतेबाट हराएकी थाहानगरपालिका  ५ की  २८ बर्षिया राधीका लामा को शव  इन्द्रेसरोबर -१ मार्खु स्थित कलेखानी जलासयमा भेटिएको हो । तालभित्र डुबेको अवस्थामा सशस्त्र प्रहरी बल गोताखोरको प्रहरी  टोलीले शव ताल भित्रबाट निकालेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।

मंसिर ८ गते सोमबार देखी सम्पर्कबिहिन भएकी उक्त स्थानबाट तालमा हामफालेको भन्ने जानकारी अनुसार  सशस्त्र प्रहरीको गोताखोरको टोलीले तालभित्र डुबेको अवस्था शव निकालेको डिएसपी रानाले बताएका छन्।

शव परिक्षणको लागि हेटौंडा अस्पताल ल्याएको र घटनाको अनुसन्धान  भइरहेको डिएसपी रानाले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here