एजेन्सी, ७ मंसिर/इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर शीर्ष स्थानमा पुगेको छ । शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० गोल अन्तरको जित हात पार्दै टोटनह्याम शीर्ष स्थानमा उक्लिएको हो ।

टोटनह्यामका प्रशिक्षक जोसे मौरिन्होले सिटी प्रशिक्षक पेप ग्वार्डीओलामाथि कठिन जित निकालेका हुन् । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक एक गोल गरे ।

टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो । टोटनह्यामले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ ।

शनिबार रातिका अन्य खेलको नतिजा:
न्यूकासल युनाइटेड ०–२ चेल्सी 
एस्टन भिल्ला १–२ ब्राइटन 
म्यान्चेष्टर युनाइटेड १–० वेष्टब्रोम

अंक तालिका:
९ खेलबाट शीर्ष स्थानको टोटनह्यामले २० अंक जोडेको छ । दोस्रो स्थानको चेल्सीले ९ खेलबाट १८ अंक जोडेको छ । तेस्रो स्थानको लेस्टर सिटीको ८ खेलबाट १८ अंक छ । चौथो स्थानको लिभरपुलको ८ खेलबाट १७ अंक छ । नवौं स्थानको म्यान्चेस्टर यृुनाइटेडको ८ खेलबाट १३ अंक छ । ११ औं स्थानको म्यान्चेस्टर सिटीको ८ खेलबाट १२ अंक छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here