दैलेख, ५ कात्तिक/दैलेखमा बुधबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दैलेखको गुराँस गाउँपालिका २ बान्द्रेमा बिहान बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । 

दुर्घटनामा चालक र अर्को एकजनाको मृत्यु भएको हो । टिपर चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१० साँगाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको मृत्यु भएको हो । 

दैलेख प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनाको कारण भने खुलेको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here