काठमाडौं, २ कात्तिक/देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९ सय ४२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९ सय ४२ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय २६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १ सय ६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६९ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ९ सय ३३ जना र होम आइसोलेसनमा २६ हजार ४ सय ८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८ सय ३१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय १ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ३२ हजार २ सय ४६ पुगेको छ ।

शनिबार देशभर तीन हजार १ सय ६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८ सय जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here