हेटौंडा, २ कार्तिक/मकवानपुरगढी २ नम्बर वडा इकाईको आयोजनामा भएको कार्यक्रममा ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

विजया दशमी, दिपावली, नेपाल सम्बत एवं छठको अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५२ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँसहितका नेताहरूले स्वागत गरेका थिए ।

वडा सभापति विष्णुप्रसाद धमलाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, संगठन विभाग प्रमख कृष्णप्रसाद सञ्जेल, मकवानपुरगढी ६ नम्बर वडा अध्यक्ष सूर्यबहादुर रूम्बा, नगर सभापति आनन्दराम पराजुली, तामाङ संघ जिल्ला अध्यक्ष चम्फुरत्न लामा, संगठन विभाग सदस्य गोपाल गौतम, क्षेत्रीय सदस्य विष्णुप्रसाद न्यौपाने, गढी गाउँपालिका सभापति राजबिर मोक्तान, गढीगाउँपालिकाका उम्मेदवार दोर्जे लामा स्याङ्तान, पूर्व जिल्ला सदस्य ईन्द्रबहादुर गोले, वडा सदस्य शिव न्यौपाने, रामप्रसाद पुडासैनी, दलित संघ जिल्ला सदस्य सूर्यबहादुर विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि, हेटौंडा-१४ बँदेलधापमा शनिबार भएको कार्यक्रममा नेकपा र राप्रपा परित्याग गरि १३५ जना कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापती ईन्द्रबहादुर बानियाँ, महासमिति सदस्य दिनेश उपाध्याय, हेटौंडा उपमहानगरपालिकाका सभापती आनन्दराम पराजुली, तरुण दल ३ नम्बर क्षेत्रीय सभापती सञ्जय श्रेष्ठ गायतको उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here