हेटौंडा, ३० असोज/मकवानपुर गढीमा विभिन्न पार्टी परित्याग गरी ९१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मकवानपुर गढी ६ नम्बर वडा इकाईले गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामाले स्वागत गरेका हुन् ।

कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य भीमसेन महत, अर्जुन दाहाल, नगर सभापति आनन्दराम पराजुली, नेताहरू यतिराज सापकोटा, लोक मोक्तान, विभिन्न वडाका निर्वाचित वडा अध्यक्ष, पार्टी, भातृ संगठनलगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम इकाई सभापति केदारनाथ चौलागाईंको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here