काठमाडौं,२९ असोज/नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ सय ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

३६ हजार ५ सय ३३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १ सय ९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८ सय २५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५ सय ९८ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३ हजार ५ सय ३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ। 

काठमाडौंमा १६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरकामा १ सय ८ गरी उपत्यकामा १९ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ। नेपालमा कोरोनाबाट ६ सय ९४ जनाको मृत्यु भएको छ। बिहीबार  मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here